Commons:स्वागतम्

From Wikimedia Commons, the free media repository
Jump to: navigation, search
This project page in other languages:

Alemannisch | aragonés | العربية | অসমীয়া | asturianu | Boarisch | беларуская (тарашкевіца)‎ | Bahasa Banjar | български | বাংলা | català | Cymraeg | dansk | Deutsch | Ελληνικά | English | Esperanto | español | euskara | فارسی | français | galego | עברית | hrvatski | magyar | interlingua | Bahasa Indonesia | íslenska | italiano | 日本語 | 한국어 | Lëtzebuergesch | македонски | മലയാളം | олык марий | Plattdüütsch | नेपाली | Nederlands | norsk nynorsk | norsk bokmål | occitan | ਪੰਜਾਬੀ | polski | português | русский | සිංහල | slovenčina  | slovenščina  | српски / srpski  | Basa Sunda  | suomi  | svenska  | Türkçe  | ئۇيغۇرچە / Uyghurche  | татарча/tatarça  | Tiếng Việt  | 粵語 | 中文(简体)‎ | 中文(繁體)‎ | Bân-lâm-gú |

+/−

विकिमिडिया कमन्स के हो ?[edit]

विकिमिडिया कमन्स एउटा यस्तो मिडिया सङ्ग्राहलय हो जसलाई तलबमा राखिएका व्यक्तिले नभई स्वयंसेवकहरूले बनाएका हुन् । "विकिमिडिया कमन्स" को नाम यसको छाता परियोजना "विकिमिडिया" जसले सम्पूर्ण विकिमिडिया परियोजनाहरू सम्हाल्दछ. त्यसैगरी हरेक अन्तराष्ट्रिय भाषाहरूमा यी सबै परियोजनाहरू उपलब्ध भएका कारण यसलाई "कमन्स" भनिएको हो । यसले कुनै पनि विकिमिडिया परियोजनाकालागि जसलाई पनि लाईसेन्समसक्त तस्विरहरू, चित्रहरू, एनिमेसनहरू, संगित, वाचन गरिएका टेक्स्ट, भिडियो क्लिप्सहरूका साथै सम्पूर्ण किसिमका उपयोगी उपलब्ध गराउँछ ।

विकिमिडियाले त्यही विकि प्रविधि अपनाउछ जुन विकिपिडियाले अपनाउदछ । जसको हेतु जो कोहीले पनि उच्च प्राविधिक शिक्षाबिना साधारण रूपमा नै आफूले चाहे जस्तो हेरफेर गर्न सकून् भन्ने हो । विकिमिडियामा अपलोड गरिएका फाईलहरू फेरी अपलोड नगरीकन तपाईँले कुनै पनि विकिमिडिया परियोजनामा कमन्सबाटै राख्न सक्नुहुनेछ ।

सेप्टेम्बर ७, २००४ मा गठित कमन्सको ३० नोभेबर २००६ मा अपलोडेड मिडिया फाईलको सङ्ख्या १,०००,००० पुग्यो र अहिले यसमा 21,858,227 फाईलहरू र 116,342 लेखहरू छन् । यो परियोजनाको अरू तथ्याङ्क कमन्सको बारेमा विकिपीडियाको पृष्ठमेटा विकिमा भएको कमन्सको पृष्ठ को जेनेरल डिस्क्लेमरमा हेर्न सक्नुहुनेछ ।

परम्परागत मिडिया सङ्ग्रह भन्दा यो भिन्न हुनुको कारण यो निःशुल्क हुनु हो । यस परियोजनामा कुनै पनि लेख सम्पादन गर्ने, कपी गर्ने अधिकार जो कोहिलाई पनि रहन्छ । यो परियोजनाको डाटाबेस र यो परियोजना भित्रका सम्पूर्ण विषयहरू जी.एन.यू निःशुल्क डक्युमेन्टेसन् लाइसेन्समा लाइसेन्स्ड छन् । हरेक फाईलको लाइसेन्स जानकारी Description Page मा उपलब्ध छन् । अधिक जानकारी...

भाग लिनुहोस्

तपाईँले जे गर्न सक्नुहुन्छ, त्यो विकिमिडिया कमन्सलाई योगदान गर्नुभयो भने तपाईँले विकिमिडिया कमन्सलाइ अझ सुधार्न सक्नुहुनेछ :

आफ्नो काम योगदान गर्नुहोस्[edit]

तपाईँ फोटोग्राफर हुनुहुन्छ भने आफ्नो अमूल्य तस्विरहरू योगदान गर्न नहिचकिचाउनुहोस् । तपाईँ डिजाइनर हुनुहुन्छ भने हेर्नुहोस कुन चाँहि चित्र वा एनिमेसन अत्यावश्यक छन् । तपाईँ राम्रो संगितकार वा कलाकार हुनुहुन्छ भने आफ्नो रेकर्डहरू यँहा राख्न नहिकिचाउनुहोस् ।

आफ्नो क्षमता योगदान गर्नुहोस्[edit]

तपाईँले आफ्नै फाईलहरू अपलोड गर्नुपर्छ भन्ने छैन । त्यसबाहेक पनि तपाईँले गर्ने कुरा धेरै छन्:

आफ्नो समय योगदान गर्नुहोस्[edit]

तपाईँ राम्रो लेखक या कलाकार हुनु आवश्यक छैन । तपाईँले घरमै बसेर लेखहरू लेख्नुभई हाम्रो सहयोगी हात बन्न सक्नुहुने छ ।

  • यदि तपाईँले लाइसेन्स या सोर्स बिनाको फाईल फेला पार्नुभयो भने {{subst:nsd}} ले ट्याग गर्नुहोस् ।
  • अर्फन फाईलहरूलाई क्याटेगोरी वा ग्यालरी भित्र राख्नुहोस् ।
  • क्याटेगोरीभित्र नभएको फाईललाई क्याटेगोरी दिनुहोस् ।
  • निःशुल्क मिडिया श्रोतहरू यो परियोजनाभित्र सामेल हुन पर्खिरहेका छन् ।
  • फिचर्ड तस्विरहरूलाई भोट गर्नुहोस् । (दर्ता आवश्यक छ ।).
  • फ्लिकरलिकर भल्युन्टियर बन्नुहोस् — रमाइलो हुन्छ !
दर्ता

आफ्नो फाईलहरू अपलोड गर्न तपाईँ लग्ड ईन हुनुपर्छ । तपाईँले हरेक पृष्ठको दाँया भागको माथिल्लो कुनामा भएको "लग इन / खाता खोल्नुहोस्" मा गई खाता खोलेर आफ्नो फाईलहरू अपलोड गरी योगदान गर्नसक्नुहुनेछ । तर पृष्ठहरू सम्पादन गर्न चाँहि तपाईँलाई खाता खोल्नै पर्छ भन्ने छैन । यदि तपाईँले युनिफाईड लगईन अपनाउनुभएको छ भने तपाईँ सोझै कमन्समा दर्ता हुनुहुनेछ ।

पहिलो कदमको छोटो तालिम

हाम्रो पहिलो कदम सहयोग फाईलबारम्बार सोधिने प्रश्नहरूले तपाईँलाई दर्तापछि सहयोग गर्ने छन् । यी पृष्ठहरूले फाईलहरूको सम्पादन, फाईलहरूको अपलोड र हाम्रो लाइसेन्स गर्ने तरिकाका बारेमा पनि ज्ञान दिनेछन् । यँहा योगदान गर्न तपाईँलाई प्राविधिक शिक्षा आवश्यक पर्दैन । बोल्ड हुनुहोस् र यँहा योगदान गर्नुहोस् । यो विकि हो - साँच्चै सजिलो छ ।

अधिक जानकारी कम्युनिटि पोर्टलमा उपलब्ध छ । तपाईँले भिलेज पम्पमा अथवा आई.आर.सी च्यानल #विकिमिडिया कमन्समा पनि सहयोग माग्न सक्नुहुनेछ ।

विकिमिडियामा फाइलहरू क्याटेगोरी र ग्यालरीमा व्यवस्थित गरिएका हुन्छन् । क्याटेगोरीको रूप तपाईँले गृह पृष्ठमा हेर्न सक्नुहुन्छ ।

थप सेवा तथा सफ्टवेयर

यदि तपाईँलाई धेरै साइज भएको फाइल अपलोड गर्न गाह्रो लाग्छ भने तपाईँले फाइल अपलोड सेवा प्रयोग गरेर अरूमार्फत अपलोड गर्न सक्नुहुन्छ । धेरै तस्विर अपलोड गर्नु परेमा कमनिस्ट सहयोगी हुन सक्छ । तपाईँलाई लेख तथा अन्य कुरा हेरफेर गर्न सहयोग चाहिएमा सफ्टवेयर पृष्ठमा जानुहोला ।

हामीलाई आशा छ, तपाईँ विकिमिडिया कमन्समा उत्साहित हुनुका साथै रमाइलो गर्नुहुने छ ।